कर्णालीमा नेकपा जिल्ला नेतृत्व र प्रदेश सरकार बिच घम्साघम्सी, मन्त्रीको कार्यसम्पादन माथी प्रश्न

सुर्खेतः  नेपाल कम्युनिष्ट पार्टी नेकपाको कर्णाली प्रदेशका जिल्ला नेतृत्व र कर्णाली प्रदेश सरकार बिच अन्र्तक्रिया वीरेिन्द्रनगरमा भएको छ । अन्र्तक्रियमा सरकार र जिल्ला नेतृत्व बिच घम्साघम्सी भएको छ ।
कर्णाली सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरु र कर्णाली प्रदेशका सबै जिल्लाका जिल्ला नेतृत्व बिच भएको अन्र्तकृयामा जिल्ला नेतृत्वले कर्णाली सरकारको कडा आलोचना गरेको कार्यक्रममा सहभागी नेकपाका एक जिल्ला स्तरीय नेताले जनाकारी दिए ।
ती नेताका अनुसार सरकारको मेहनेत र चर्चा  बढी भए पनि सरकारले परिणाम दिन नसकेको भन्दै आलोचना भएको छ ।
जिल्लाका नेतृत्वले केही मन्त्रीको कार्यसम्पादन माथी नै प्रश्न उठाएको बताए । नाम नबताउने सर्तमा ति नेताले प्रदेश सरकारका केही मन्त्रीको कार्यसम्पादन चित्त बुझ्दो नभएको र मनोमानी गरेको भन्दै आलोचना भएको हो ।
यसैगरी कर्णाली प्रदेश सभाका सदस्यहरु प्रति पनि नेकपाका जिल्ला नेत्ृत्व खनिएको छ । जनताबाट चुनाव जितेर प्रदेश सभा सदस्यहरुले स्थानीय पार्टी र जनतासंग सल्लाह समेत नगरी मनोमानी रुपमा चलेको योजना बाडेको र एक्लौटी गरेको भन्दै केही प्रदेश सभा सदस्यहरुको कटु आलोचना भएको छ ।
कर्णाली प्रदेश सभाका सदस्यहरुले सरकारका काम जनता सम्म सकरात्मक रुपमपा प्रवाह गर्न नसकेको पनि कुरा उठेको छ ।
अन्र्तक्रियमा सरकारले आधारभूत वर्गलाई लावान्भीत हुनु पर्ने खालका काम गर्नु पर्ने र पार्टीको संस्थागत कार्यप्रणाली अनुसार सरकारले काम गर्नु पर्ने नेकपाका जिल्ला स्तरीय नेताले सरकारलाई सुझाव समेत दिएका छन ।कार्यक्रम आईतवार पनि जारी रहने जनाईएको छ । 

>

It is an event for raising awareness about rover and eco tourism through conservation of nature, culture and tradition knowledge. A world class event to showcase the pristine natural museum of various diversity. Come to The Life Time Experience of Karnali.

Powered by: